२०८२/०१/३० बैशाख मंगलवार
उदेश पाण्डे
पर्सा! जिल्ल प्रशासन कार्यालय महोत्तरीका प्र जि अ प्रमुख जिल्ला अधिकारी (सिडियाे) लाई गृह मन्त्रालयले ०७ महिनामै फिर्ता बोलाएको छ। वहाको ठाउँमा गृह मन्त्रालय बाट नारायण प्रसाद रिसाल लाई महोतरीमा नयाँ सिडियोको रूपमा खटाएको खबर मधेश भ्युज़ डट्कम लाई प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारीको रूपमा राम्राे कार्य गरिरहेका लालबाबु कवारी सात महिनामै फिर्ता गरिएको खबरले महोतरीको ग्रामिण क्षेत्रमा बसोबास गर्ने समुदाय तथा अन्य वर्गका नागरिक जसले सेवाग्राहीको रूपमा जिल्ल प्रशासन कार्यालय महोत्तरी आउँदा प्रशासनले राम्राे सेवा दिइरहेको थियो आम नागरिकले प्रमुख जिल्ला अधिकारी अर्थात सिडियाे संग सहजै भेटेर आफनो समस्या भन्थे सिडियो बाट कानुन बमोजिम गर्नु पर्ने काम तुरुन्तै हुन्थ्यो त्यस्ता नागरिकहरु दुःख पोखेका छन्
प्रमुख जिल्ला अधिकारी अर्थात प्र जि अ नेपालमा जिल्लाको प्रमुख प्रशासनिक व्यति हुन्छ गृह मन्त्रालय अन्तर्गत रहने प्रमुख जिल्ला अधिकारी जिल्ल प्रशासन कार्यालय तथा जिल्ला भरका सबै सरकारी कार्यालयका प्रमुखहरुको प्रमुख रहन्छ।
हालका गृह मन्त्री रमेश लेखक गृह मन्त्रीको रूपमा २०८१/०३/३१ असार महिना देखि गृह मन्त्रीको रूपमा आए पछी हिमाल पहाड तराई सबै कर्मचारीहरु लाई समान ब्यह्वार गरिरहेका छन्। शान्त शालीन व्यक्तित्वका गृह मन्त्री अहीले देशले पाएको छ तर कार्यकाल पूरा नहुँदै मधेश प्रदेशको जिल्ल बाट सिडियो फिर्ता गरिएको संगै अनेकौं प्रश्न खडा भएको छ। राम्राे कार्य गरिरहेका लालबाबु कबारी लागि गृहले तान्यो तर जिल्ला प्रशासन कार्यालय बाराको सिडियोको कार्य शैली सन्तोषजनक छैन
प्रहरीलाई बिना ठोस प्रमाण मिडियामा कार्वाही गर्न एसपी लाई आदेश दिँदै गरेको भिडियो सामाजिक सञ्जाल, फेसबुकमा व्यापक बिरोध हुँदै गर्दा कुनै एक्सन गृहले लिएको छैन
त्यसैगरी जिल्ल प्रशासन कार्यालय पर्साका सिडियो काम भन्दा बढी प्रचारप्रसारमा रमाउने आफ्ना मातहतका कर्मचारीहरुलाई ठीक ढंग बाट सेवाग्राही लाई सेवा दिन समेत लाउन नसकेको कुराहरू मालपोत कार्यालय, नापी शाखा अन्य कार्यलय जाँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ तर गृह मन्त्रालयले यस्तो कार्य भइरहेका जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडियाे संग कुनै सोधपुछ वा प्रशासनिक तवरबाट केही देखिएको छैन।
जागिरै दौरानमा सरुवा, काज, बढुवा यो नियमित रूपमा चलिरहने प्रक्रिया भएतापनि कार्यकाल पुरै नहुँदा जिम्मेवारी खोसिदा यसको असरले कर्मचारीको मनोबल उच्च हुँदैन झन गिरछ।
मधेश प्रदेशको एक जना रुलिङ पार्टीकै सांसद नाम गोप्य राख्ने सर्तमा भने अहीले जिल्ला प्रशासन कार्यालयमा महोतरीको सिडिओ बिना कुनै कारण गृह मन्त्रालयमा फिर्ता बोलाउनु मधेशी लाई हेप्ने प्रवृत्ति हो। राम्रो कार्य गरिरहेका सिडिओ पहाड बाट तानियो भने सदनमा कुरा उठाने काम हुन्छ मधेश प्रदेशको कुरा हो भइहाल्छ भनेर जवाफ दिए।

