३०, मंगलवार २०८२
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी कृष्ण पुजराको कमाण्डमा खटेको सशस्त्र प्रहरीको गस्ती टोली द्वारा पाँच लाख मूल्य बराबरको कपडा तथा एक वटा कालो रङको सुपर स्प्लेन्डर बाईक समातेको खबर प्राप्त भएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको गुल्मपतिको रूपमा कमाण्ड सम्हाले देखि सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण पुजरा आफ्नो मातहतका युनिट लाई तस्करी रोक्न तदारुकता देखाउन प्रष्ट आदेश गर्नुको साथै आफु स्वयम् फिल्डमा खटेर विभिन्न मिति र समयमा भारत बाट नेपाल तर्फ तस्करीको माध्यम बाट नेपाल भित्रिएको अबैध समान नियन्त्रणमा लिई कानुनी रित पुर्याइ भन्सार बुझाउनुको साथै तस्करीको चल्ला बरामद गरि कानुन बमोजिम माटोमा गाडेको समेत कार्य भएको सशस्त्र प्रहरीको रिपोर्टले देखाएको छ
प्रस्तावित गुल्म अलौको मातहतमा रहेको बि ओ पि अमरपट्टी, बि ओ पि प्रसौनीभाठा समेत अहीले एक्सनमा देखिएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पटक पटक तस्करीको समान पक्राउ गर्दा कमाण्डर फिल्डमा खट्यो भने परिणाम अर्थात रिजल्ट आउँछ ठीक अहिले प्रस्तावित सिमा सुरक्षा गुल्मीको हकम यो भनाई मेल खाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको कार्य शैली नै मधेश प्रदेश भरीमा उत्कृष्ट छ। संगठनमा राईट अफिसर राईट पलेसमा आयो भने संगठनले उपलब्धि हासिल गर्छ अहीले ठीक यही पर्यावाची भएको छ पर्साको १३ नं गणको प्रमुखको हकमा
सशस्त्र प्रहरी प्रमुख धिमालको कडाइले गर्दा अहीले तस्करीका सामानहरु धमाधम बरामद हुन थालेको छ।
सशस्त्र प्रहरी बल पर्साले बुझाएको समान भन्सार कार्यलयमा बुझ्दा धैरै राम्रो रहेको कुरा एक कर्मचारीले बताए

