बारा सिडियो मिश्रको सराहनीय कार्य: जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

  |

०७ सोमबार २०८२ पौष
उदेस पाण्डे
पर्सा! जिल्ला प्रशासन कार्यालय बारा परिसरमा आईतबार एक कार्यक्रमका बिच स्तनपान कक्ष स्थापना गरिएको छ।
उक्त स्तनपान स्थापना कार्यक्रममा समाजसेवी आम नागरिक जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुँवर राष्ट्रिय अनुसन्धान विभागका बारा प्रमुख समेतको उपस्थिति रहेको थियो
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र (सिडियो) को रूपमा बारा जिल्लामा आए देखि जिल्ला प्रशासन कार्यालय, तथा अन्य सरकारी कार्यालयहरु द्वारा सेवाग्राहीलाई दिने सेवामा सुधार समेत आएको कुरा एक सेवाग्राहीले बताए।
जिल्ला प्रशासन कार्यालय बारामा आहिले सेवाग्राहीको सुविधा लाई ध्यानमा राखी पार्किङ समेतको व्यवस्था भित्र राखिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र जिल्लाको निरीक्षण अनुगमन गरेर आम नागरिक लागि शान्ति सुरक्षा ताथा विपतको बेला नागरिकको सहयोगमा उभिने कुरा बताए
बारा जिल्ला प्रशासनमा आहिले विभिन्न कामले आउने सेवाग्राहीहरु नागरिकता प्रतिलिपि राष्ट्रिय परिचपत्र जस्ता कार्य छिट्टो सम्पादन हुँदा सेवाग्राहीहरु हर्षित हुने गरेका कुरा जिल्ल प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीले madheshviews संग जानकारी गराए