०८, मङ्गलबार,२०८१ माघ
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी कार्यलय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी लालमणि आचार्य लाई सशस्त्र प्रहरी बलले सम्मान गरेकाे छ। सशस्त्र प्रहरी बल काे मुख्यालयमा मङ्गलबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक(आइजी) राजु अर्यालले प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमणि आचार्य लाई प्रसंसा पत्र प्रदान गरेका हुन्।
सशस्त्र प्रहरी द्वारा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा डिआईजी लालमणि आचार्य लाई ‘आइजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मधेश प्रदेशका आठै जिल्लाहरुमा सिमा सुरक्षा गर्न डिआईजी लालमणि आचार्यले उत्कृष्ट भुमिका निर्वाह गरेकाे सशस्त्र प्रहरीको विश्लेषण छ।
प्रहरी नायब महानिरीक्षक डिआईजी लालमणि आचार्य प्रदेश प्रहरी प्रमुखको रूपमा आए देखी जिल्लाहरुमा घुमेर नागरीकले महसूस गर्ने गरी पुलिसिग गरेकाे तथा मधेशमा बद्नाम रहेका घुमुवा टोलिलाई तह लगाएका तथा मुद्दा फाँट, अनुचित लेनदेन शाखा, महिला सेल, उजुरी छानबिन शाखाहरुमा कडाइ गरेपछि सेवाग्राही समेत हर्षित भएका छन्।
मधेश प्रदेशका आठै जिल्लाहरुमा अहीले प्रहरीको कार्य शैलीमा सुधार आएको छ। प्रहरी संगठनमा सालिन भद्र अधिकृतको रूपमा परिचित डिआईजी लालमणि आचार्य कमांडेंटको रुपमा पुलिस स्कुल रौतहट तथा प्रहरी उपरीक्षक एसपीमा धनुषा बस्दा नागरीकले चौतर्फि प्रसंसा गरेका थिए। भने पुलिस स्कुलमा शिक्षक विद्यार्थी, अभिभावक समेतले प्रसंसा गरेका थिए।
सशस्त्र प्रहरी दिवसको अवसरमा यसरी नेपाल प्रहरी लाई प्रसंसा पत्र प्रदान गर्दा दुबै संगठनमा थप आपसी सहयोग सदभाव कायम हुने छ।

