०३माघ २०८२ शनिबार
पर्सा! नेपाल प्रहरी अनुसन्धान कार्य तर्फ सफल प्रहरीको रूपमा परिचित बरिष्ट प्रहरी हवल्दार राजमगल सिंह द्वारा राजीनामा
नेपाल प्रहरीमा २०६२/०५/२६ गते देखि सिपाही बाट प्रहरी सेवा सुरु गरेका वरिष्ट प्रहरी हवल्दार राजमल सिंह जागीरको सिलसिलामा सरुवा बढुवा नियमित प्रक्रिया हो भनेर जागिरको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाचौक
प्रहरी प्रधान कार्यालय मातहत रहेका नक्शाल १ नम्बर गण, जिल्ला प्रहरी कार्यालय सिन्धुली, रातमाटे गण हेटौडा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ तथा जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय बारा
जिल्ला प्रहरी कार्यालय पर्सा
विभागीय नितिनियमको अधीनमा रही जागीरको क्रममा विभागीय प्रमुखहरु बाट राम्रो कार्य गरेको हुँदा पटक पटक गरी ०८ पटक पुरस्कार समेत रहेका प्रहरी कर्मचारी हुन।
तराईका जिल्लाहरुमा बढ्दो अपराध, लुटपाट , डकैती, फिरौती तथा जघन्य प्रकृतिको अपराध अनुसन्धानमा राम्रो कार्य गरेको हुँदा तत्कालिन प्रहरी प्रमुख आइजिपीको २०७९/०३/२७ गतेको निर्णयले एक तह बढुवा समेत भएका थिए
बरिष्ट प्रहरी हवल्दार राजमगल सिंह राजीनामा दिँदा अन्य प्रहरीको समेत मनोबल गिरेको कुरा एक जना सिनियर प्रहरी अधिकृतले नाम गोप्य राख्ने शर्तमा बताए उनका अनुसार मधेश प्रदेशमा घुमुवा प्रहरीको रूपमा परिचित पात्रलाई प्रधान कार्यालय जथाभावि तान्छ तर घुमुवाको कमाण्डर प्रहरी अधिकृत लाई केही हुँदैन तल्ल दर्जा लाई बारम्बार काज त कहिले समय अवधि नपुग्दै सरुवा गरेको कुरा ठिक छैन
मधेश प्रदेशको जिल्लाहरु बाट घुमुवा प्रहरीहरु लाई हेडक्वार्टर तान्दा सिंह समेत उक्त लिस्टमा परेका थिए तर सिंह अहिले घुमुवा प्रहरीको काममा खटिएका थिएनन्
प्रहरी बरिष्ट हवल्दार राजमगल सिंह नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जमा हवल्दार मेजरको रूपमा कार्यरत रहेको कुरा बुझ्नमा आएको छ

